क्रिकेटखेल

आइसीसीले नेपाललाई किन दिएन टेस्ट राष्ट्रसँग अभ्यास म्याच खेल्ने मौका (भिडियो)

जिम्वाब्बेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरको तालिका र अभ्यास खेलतालिका सार्वजनिक भएसंगै नेपाली क्रिकेट समर्थकहरुमा आक्रोश उत्पन्न भएको छ ।

मंगलबार सार्वजनिक भएको अभ्यास खेलमा नेपाललाई टेस्ट राष्ट्रसंग खेल्न बञ्चित गरेर आईसीसीले नेपालको अगाडि बढ्ने बाटो रोक्न खोजेको जस्ता टिप्पणी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेल टेस्ट राष्ट्रसंथ गराउन अनुरोध गर्दै आईसीसीलाई पत्र लेखिसकेको छ । यस बारेमा आईसीसीबाट जवाफ आइसकेको छैन ।

नेपालले अभ्यास खेल संयुक्त अरब इमिरेट्स र ओमानसंग खेल्ने तय गरेपछि नेपाललाई विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्न नदिने षड्यन्त्रका रुपमा क्रिकेट समर्थकहरुले लिएर आलोचना गरिरहेका छन् ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.