जन सरोकार
मोटर चलाउने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु
दाङ, घोराही उपमहानगरपालिका-३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।

आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्