क्रिकेटखेल

मुम्बईलाई पराजित गर्दै राजस्थान आइपिएलको प्लेअफमा, पन्जाब र कोलकाता बाहिरिए

मुम्बई इन्डिन्सलाई पराजित गर्दै राजस्थान रोयल्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको दिनको पहिलो खेलमा मुम्बईलाई ३० रनले पराजित गर्दै राजस्थान प्लेअफमा प्रवेश गरेको हो ।

योसँगै प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद यसअघि नै प्लेअफमा प्रवेश गरेका थिए ।

मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । राजस्थानका लागि धुब्र जुरेलले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए भने जोफ्रा आर्चरले १२ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३२ रन जोडे ।

त्यस्तै, दासुन शनकाले २९ रन जोड्दा यशस्वी जैसवालले २७, रियान परागले १४ र डेनोभन फरेराल १८ रन बनाउँदा रविन्द्र जडेजा १९ तथा नान्द्रे बर्गर १० रनमा अविजित रहे । मुम्बईका लागि दिपक चहर र शार्दुल ठाकुरले समान दुई-दुई विकेट लिए भने विल ज्याक्स, अल्लाह गजान्फर र केब्रिन बोसको भागमा समान एक-एक विकेट रह्यो । राजस्थानले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ४२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले भने कप्तान हार्दिक पाण्ड्याले ३४ रन बनाए । यस्तै विल ज्याक्सले ३३ रन जोड्दा रायन रिकल्टनले १२ र शार्दुल ठाकुर १० रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए भने नान्द्रे बर्गर, ब्रिजेश शर्मा र यश राज पुञ्जाको भागमा समान दुई-दुई विकेट रह्यो ।

जितसँगै राजस्थान १४ खेलमा १६ अंक जोड्दै लिगको चौथो स्थानमा रहदै प्लेअफमा प्रवश गरेको हो । राजस्थान प्लेअफमा प्रवेश गरेसँगै पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब मंगलबार हुने पहिलो क्वालिफायरमा बेंगलुरु र गुजरात भिड्ने छन् भने बुधबार इलिमिनेटर खेलमा राजस्थान र हैदराबाद आमने सामने हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.