नीति तथा कार्यक्रममप्रति ओलीको टिप्पणी : अस्थिरताको घोषणापत्र
सरकारले संसदमा पेश गरेका आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल संघीय संसदमा आरम्भ भएको छ ।
छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा दिंदै शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो भन्दै बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरू रहेको दावी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाउँदै भन्नुभयो ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू छन् ।’
प्रतिक्रिया राख्नुहोस्