नेपाली राष्ट्रिय फुटबलका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल संघ एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे सत्यतथ्य छानविनको माग गर्दै राष्ट्रिय खेलकूद परिषदमा ज्ञापनपत्र बुझाउनुभएको छ ।

थापालाई आर्थिक भष्ट्राचार गरको आरोपमा २०७२ साल कार्तिकमा विश्व फुटबल महासंघ (फिफा) को १० बर्षे प्रतिबन्ध सहित २० हजार स्वीस फ्रयांक ९करिव २१ लाख रुपियाँ० जरिवानाको कारबाहीमा गरेको थियो ।
थापाले बिहिबार राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । थापाले ज्ञापनपत्रमा एन्फाका बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्दोष आफूमाथि चरित्र हत्या गरेको भन्दै सत्यतथ्य छानविनको माग गर्नुभएको हो ।
उहाँले शेर्पाले आफूमाथि झुटा र काल्पिनक आरोप लगाएको दावी समेत गर्नुभएको छ । थापाले आफू निर्दोष रहेको दावी गरिरँदा थापाले एन्फाको आसन्न निर्वाचनलाई प्रभावित बनाउन चलखेल गर्न थालेको भन्दै हालै पनि फिफाले फुटबल गतिविधिबाट टाढै रहन सचेत गराएको थियो ।
प्रतिक्रिया राख्नुहोस्