फोटो फिचर
बाढीले बगायो निर्माणाधीन माटेरेबल पुल
ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने सुनकोशी नदीमाथि निर्माणाधीन मोटेरेबल पुल सुनकोशी नदीमा आएको बाढीले बगाएको छ । २ सय १० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर पूर्णप्रसाद न्यौपाने÷रासस

प्रतिक्रिया राख्नुहोस्