राजनीति

जब मन्त्रीले संसदमा पूर्वप्रधानमन्त्रीप्रति ‘अमर्यादित शब्द’ प्रयोग गरे

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी स्तरहीन भनेपछि यसले हंगामा खडा गरेको छ ।

बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिनुभएको थियो ।

शुक्रबार ओलीको उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताउनुभएको थियो ।

यसपछि एमाले सांसदहरुले आफ्नो पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद बैठक नै अवरोध गरेका थिए ।

त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएको हो ।

कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button