राजनीति
प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित
शुक्रबार बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रबार नियमित हुन नसकेकाले शनिबारसम्मका लागि स्थगित भएको हो ।

त्यस्तै प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको छ ।
सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”
प्रतिक्रिया राख्नुहोस्