कर्पोरेट/पर्यटन

‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान

मुलुकको राजधानी काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको आकर्षण र वातावरणीय शुद्धमता कायम राख्न ‘हाम्रो ठमेल सफा ठमेल’ नाराका साथ सरसफाइ अभियान सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको एक वर्ष पुगेको अवसरमा सबै वडामा सरसफाई अभियान चलाउन आव्हान गरेकै दिन ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो ।

परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो । “सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उहाँको भनाइ छ । अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.