नियम र अनुशासन पशुपक्षीबाट सिक्ने हो कि ?
जन्मिएका सबैको अन्त्य निश्चित छ र विश्व ब्रह्माण्डमा योभन्दा ठूलो सत्य अर्को छैन । तर अन्त्य निश्चित छ भनेर लापरवाही गर्ने, नियम, अनुशासन नमान्ने गर्दा भने कुसमयमै अन्त्य निश्चित छ । जीवन होस् या मान पद, प्रतिष्ठा, सबैको एउटा नियम हुन्छ र त्यो नियम पालनामा इमान्दार भए मात्रै पूरा समय त्यसको भोग गर्न पाइन्छ । बढी लोभ गर्दा, आकांक्षा आवश्यकताभन्दा बढ्ता राख्दा त्यसले उल्टो परिणाम दिन्छ ।

नेपालको वर्तमान राजनीतिक अवस्थालाई हेर्दा यही देखिन्छ । प्राकृतिक नियमभन्दा बाहिर गएर आफूलाई श्रेष्ठ ठहर्याउने, ठान्ने प्रवृत्तिले व्यक्ति त डुबे डुबे राष्ट्रलाई पनि संगसंगै खाल्डोमा हाल्न उद्यत छन् । अहिलेको घटनाक्रम हेर्दा नेपालको राजनीति र इतिहास सुरूबाट नै कताकता अपूर्ण देखियो । संघर्षमा योगदान गर्दै यहाँसम्म आए पनि आफैंलाई केन्द्रमा राख्नुपर्छ भन्ने सोचमा आजसम्म परिवर्तन आएन ।
यही नै प्रमुख कारण हो । सानो बिषयबाट सुरू भएको विवाद अन्त्य हुँदा त्यो राष्ट्रकै लागि ठूलो मूल्य चुकाउनुपर्ने अवस्थामा पुग्छ । आज पनि सम्मान पुगेन, अपमान भयो, काम गर्न दिएनन्, समस्सा मात्र पैदा गरे भन्दै आफू उम्कन खोज्नु केबल केटाकेटीको बाहानाबाजी मात्र हुन् ।
शक्ति सन्तुलन असन्तुलित तरिकाले कायम हुन असम्भव हुन्छ । त्यसैले प्रमुख पद कुर्सीमा एक या दुई कार्यकालपछि हुन नपाइने व्यवस्था हुनुपर्छ । आजीवन सर्वेसर्वा हुने सोच र हुन पाउने पावधान पूर्णतः अधिनायकबाद सोच हो । राज्य संचालन र पार्टी संचालनमा रहेका जो कोही पनि निश्चित अवधि वा कार्यकालपछि स्वतः अवकाश हुने व्यवस्था नहुने हो भने नेतृत्वमा रहेकाको भारले राज्यको कार्यकारीले कामै गर्न पाउदैन । काम गर्न नपाएपछि कसरी देश विकास गर्नु । काम गर्न नदिने अनि काम भएन भनेर सराप्ने पनि । हामी यही बिन्दूबाट सच्चिन पर्छ, यहीबाट सच्याउन सुरू गर्नु पर्छ ।
हामी मानव, सष्टिको सबभन्दा उत्तम प्राणी, चेतनशील प्राणी, अन्य पशुपक्षीभन्दा एकतह माथी रहेर सोच्न सक्ने क्षमता भएको प्राणी, भविष्य देख्नसक्ने, बनाउनेसक्ने प्राणी, तर आज लाग्छ संसारकै मानवसमाज हेर्दा मानिस नियम, अनुशासन र मर्यादामा पशुभन्दा तुच्छ देखिएको छ ।
एउटा दृष्टान्त हेरौं, सबैलाई लाग्दो हो जंगल, खोलानाला, ताल, तलैयामा सबैखाले प्राणी बस्छन् । तर कसरी बाँचेका छन् । कसरी काम गरेको छ इकोसिस्टमले ? जंगली जनवार, पशुपक्षी भएर पनि अन्य कमजोर जनावारहरूको जीवन कसरी चलेको छ ? यो ब्रमाण्डको पनि जीवन छ । तारा, ग्रहहरूबीच टकराव, युद्ध चलिरहेको छ । हामी सौर्यमण्डलमा पनि यस्तै जीवन छ । हामी सौर्यमण्डलको पृथ्वी भन्ने जेटमा बसेका छौं जुन प्रतिघन्टा १६०० किलोमिटरको गतिले दौडिरहेको हुन्छ । न रोकिन्छ, न पछि फर्किन्छ । आफ्नै नियममा परिक्रमा गरिरहेको छ । हामी प्राणीहरू पनि आफ्नै नियममा चल्नु पर्छ । त्यसो भए मात्रै सबैको सहज जीवन सम्भव छ ।
हामीले पनि भोजन गर्छौ । पशुपक्षीले पनि भोजन गर्छन् । समय आउँदा कोही कसैको आहारा बनेर योगदान गर्नुपर्छ यो धुर्व सत्य हो, प्रकृतिका नियम हो । यो नियममा बाँधिएर पशुपक्षीहरूले भोक लागेको बेलामा मात्र शकार गर्ने गर्छन् । अनावश्वक सिकार गरेर छोड्दैनन् । आत्मरक्षाको लागि को कुरा भने फरक हो । उनीहरूलाई आफू या परिवारप्रति आक्रमण हुँदै छ भन्ने अवस्था बाहेक एक जनवारले अर्कोलाई आक्रमण गर्दैनन् । हो यसै कारण जंगलमा बाघ, भालु, बादर, हरिण सबै सुरक्षित संघर्ष गरेर बाँचेका छन् ।
बनजंगल घट्नु, बस्तीहरू बढ्नुले जंगली जनवारहरू भने लोप हुने स्थितिमा छन् । यसै ग्रहमा रहने मानव एक चेतनशील प्रणीहो । अरू जनवारभन्दा विवेक भएको हुनाले मानवले पृथ्वीमा त चमत्कार गर्यो नै अन्य ग्रहहरुमा पनि चमत्कार गर्ने प्रयासमा छ, बिज्ञान मार्फत प्रकितिलाई नै चुनौति दिदै छ र पृथ्वी जस्तै ग्रहको खोजी गर्दै छ । हामी भन्दा पनि ज्यादै बुद्धी भएकाहरूको अस्तित्वको खोजिमा हिड्ने मानवहरू यसै पृथ्वीमा छन् ।
फरक के त पशुपक्षी र हामी मानवमा
पक्कै हुन्छ परिवार वंशजप्रति दायित्व यस मानेमा पशुपक्षी मानव एकै हुन् । बिबेक पनि चेतना पनि नभएका पशुपक्षीले भोलिको लागि, नातिको लागि जोगाउने कुरा सोच्दैनन् । मात्र आफ्नो एकपेट नाबालक बच्चा बच्चीको मात्र सोच्छ । बच्चा बच्ची पनि आफैंले शिकार गर्न नसकिन्जेल सम्म हो हेर्ने । कति बैज्ञानिक नियम छ पशुपक्षीहरूको । यो कुरा मानवले पशुपक्षीबाट सिक्न सक्यो भनि अझै बैज्ञानिक मानिस बन्न सक्ने थियौं । कतिसम्म बिजोग छ भने कोही मानव खान नपाएर मर्छन् त कोही बढी खाएर मर्छन् यहाँ ।
आज भोलिकै दिन दहाडैको घट्ना हो सुन्नमा आएको नेपालमा (अन्य देशमा पनि छ) यहाँ अक्सिजन नपाएर मान्छे मरेका छन् कतै भोलि अक्सिजनको खाँचो पर्छ कि भनेर लुकाएर राखेका छन् । यो एक भौतिक गरिबीभन्दा पनि चेतनाको गरिबी हो । जबसम्म यस्तो चेतनाको जमातले बनेको समाज रहन्छ जवसम्म हामी पृथ्वी जेटमा चडेर दौडिए पनि सबैभन्दा पुच्छरको डिक्किमा छौ । उस्तै परे त्यहाँबाट पनि झरेर अस्तित्व बिहिन भने हुन नपरोस् ।
घरीघरी लाग्छ कतै विश्व सरकारको अभियानका लागि पशुपक्षीको जीवनको नियमलाई हामी मानवबीच बुद्धी, बिबेक, चेतना, भावना थपेर बैज्ञानिक युगमा परिवर्तन गर्ने बेला आएको हो की ?
अन्त्यमा,
राम्रो उपाय भनेको राजनीतिक युद्ध अन्त्य गरेर युद्धमैदान नै खाली गरी साझा अभियानको कोभिड उपचार स्थल बनाइयोस । आआफ्नै संघ, संस्था अनि व्यक्तिगत प्रतिष्ठा माथी उठाउने लोभमा देश बिदेशमा जम्मा भएका सहयोगहरू नरोकिउन । छिटो र छरितो तरिका अपनाएर देश र विदेशबाट सहयोग पुग्ने तरिका अपनाइयोस । यो कोरोनाको एकछत्र लडाईबाट सकेसम्म सबै मानवले जीवनको सुरक्षा गर्दै कोरोनासंग लड्न सकौं ।
प्रतिक्रिया राख्नुहोस्