धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण ऐतिहासिक जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेग री विश्वविद्यालय सम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून पूर्व मन्त्री भण्डारीले स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई सहयोग गरिरहेको जानकारी दिंदै उहाँले विश्वविद्यालयको सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हँुदा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आफूहरूले छलफल गर्ने बताउनुभयो । विश्वविद्यालय स्थापना भएपछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनसँग सम्वन्धित क्षेत्रको एकीकृतरूपमा अध्ययनअध्यापन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्