राजनीति

गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय मिनाहा

सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न अपराधमा कैद जीवन बिताइरहेका ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.