विश्व समाचार

किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु

दक्षिणी चाडमा गोठाला र किसानहबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन् ।

किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउँने गरेका छन्भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो । त्यस क्रममा गोठाला र किसानबीच झगडा भयो । झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए । मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे । यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.