राजनीति

राष्ट्रिय पोशाकमा ठाँट्टिएर नेपाल भाषामा बालेनको शपथ

काठमाडौं महानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी बालेन्द्र साह (बालेन)ले आज राष्ट्रिय पोशाक (दौरा सुरुवाल र भादगाउँले टोपी) मा सजिएर नेपाल भाषामा समेत शपथ गर्नुभएको छ ।

सोमबार बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको थियो । साहले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछिनेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो ।

बालेनले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनभयो ।

शपथग्रहणपछि महानगर प्रमुख साह र उपप्रमुख डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.