राजनीति

महानगर कार्यपालिका पहिलो बैठक- पूर्वाधार एम्बुलेन्स र फोहर व्यवस्थापन

काठमाडौं महानगरपालिकाकाको प्रथम कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण भएको छ । बैठकको सुरुवात परिचयात्मक कार्यक्रम सकिएपछि महानगर प्रमुख बालेन्द्र शाहले बैठकका एजेण्डा राख्नुभएको थियो ।

बैठकमा शाहले फोहरमैला व्यवस्था र महानगरका सडक तथा ढल व्यवस्थापनका विषयमा वडाध्यक्षहरुलाई जानकारी दिनुभएको थियो ।

उहाँले निर्वाचनका क्रममा बोलेकै योजना अनुसार फोहरमैलाको कुहिने र नहुकिने फोहर दुई अलगअलग रुपमा राख्ने र फोहरबाट मल बनाउने पहल गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राख्नुभएको छ । बबैठकमा शाहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राख्नुभएको हो ।

त्यस्तै उहाँले जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ । त्यसै गरी राजधानीका रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव अघि सार्दै यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको जानकारी दिनुभयो ।

यसअघि बालेन्द्र विजयी भए पनि पार्टीबाट विजेता वडाध्यक्षहरुले काम गर्न दिंदैनन् भन्ने प्रश्नमा उहाँले जनताको काममा कसैको बिरोध नरहने र आफूले महानगरको सबै बैठक प्रत्यक्ष प्रसारण गर्ने पूर्व योजना अनुसार नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गर्नुभएको हो ।

त्यस्तै उहाँले काठमाडौंले गरेको फोहरले सिसडोलबासी रोगी भैरहेको बताएँदै फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणा गर्द पदभार ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.