अर्थ

मुलुकमै उत्पादन हुने बस्तु आयात महसुल वृद्धि, निर्यातमा छुट

सरकारले मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता बस्तु आयातमा लाग्ने महसुल वृद्धि गरी ती वस्तु विदेश निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न २०८० साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट दिने गरी सम्झौता नगरिने पनि सरकारले बजेटमार्फत घोषणा गरेको छ ।

स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्नेछन् । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेशिनरीमा एक प्रतिशत भन्सार महसुल लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.