क्रिकेटखेल

अमेरिकी दूतावासद्वारा सन्दीपलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार

नेपाली क्रिकेटका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै उनलाई पुनः बिहीबार अमेरिकी दुतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गरेका थिए । सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा पनि भिसा दिन अस्वीकार गरेको थियो । भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना लगभग सकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.