राजनीति

जेठ ३२ सम्म लकडाउन, सेना परिचालन गर्ने सरकार निर्णय : विमानस्थल असार १६ सम्म बन्द

सरकारले जेठ २० गतेपछि लकडाउन खुकुलो पार्ने सम्भावना व्यक्त भैरहे पनि अबको लकडाउनमा सेना समेत परिचालन गर्ने निर्णय शनिबार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले जेठ ३२ गतेसम्म लकडाउन बढाउने र विमानस्थल तथा नाका असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

लकडाउन लम्ब्याउने निर्णय गरे पनि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिएका छन् । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.