बिचार

“वनराज”को शेखी झार्ने धनराजलाई ससम्मान सलाम !

वैशाख ३० गते स्थानीय निकायका विभिन्न पदका लागि सम्पन्न निर्वाचनको परिणामबारे धेरैका अनुमान र प्रक्षेपण मिलेनन् । खास गरी प्रतिनिधिसभामा झण्डै दुई तिहाई प्रचण्ड बहुमत सहित सत्तारुढ हुन पुगेको पार्टीका सर्वाधिकार सम्पन्न रामभक्त नेताका हनुमान सेनाहरुलाई धेरै ठाउँबाट गाउँलेहरु मिलेर “बाँदर लखेटे” झैं लखेटेको आम सञ्चार माध्यमहरुले सार्वजनिक गरे, गर्दै रहलान् ।

तर यही एउटा परिणामका माध्यमबाट आम नेपाली मतदाताले “रामको आवरणमा नेपाली जनताको सेवक बन्न आएको छली रावणले झण्डै साढे तीन वर्षमा नै, जसरी राजसत्ता, शक्ति र राष्ट्रपतिलाई हत्याएर संविधान र ऐन कानून शासन विधि, पद्धतिका यावत् मूल्य–मान्यतामाथि धावा बोल्ने काम विगतमा गरे । राज्यका अमूल्य सम्पदा, साधनश्रोत सबै आफ्नो र आफ्ना हनुमानको निर्वाध राज रजाईको लागि हो” भन्ने ठान्ने गरियो । त्यस्तो पार्टी, नेता, व्यक्ति–समूह, व्यक्ति र प्रवृत्तिलाई “सदाका लागि विदा गरे वा गर्यौं” भन्ने विश्वास गरेका भए त्यो सोचाई र ठनाई “मापाको, भ्रमपूर्ण, र आत्मघाती” ठहरिने छ । किनकि राजनीतिको चक्र, मानिसको भाग्य र कुमालेको चक्र एकै हुन् ।

निचैर्गच्छत्युपरि च दशा चक्रनेमिक्रिमेण” । नेपालको इतिहासका शासन सत्तागत घटनावलीहरु नियालौं । निरङ्कुश राणा अधिवंशवादी सय वर्ष उता (पहिले)को थापा, बस्नेत, कुँवर, पाण्डेहरुको उत्थान–पतनको कालखण्ड नियालौं । अथवा २००७ सालपछिको विभिन्न कालखण्डको (सात दशकको) राजनीतिक र शासकीय घटना परिघटनाहरुको परिदृश्यलाई केलाउँ ।

इतिहास आफैं साक्षी बक्छ । सत्ताका सिंढी चढ्दै गर्दा, सत्ता शिखर पुगेपछि र केही समय सत्ता र शक्तिमाथि राजरजाई गरेपछि व्यक्तिमा आउने ‘मैं मत्याई’ कति विरोधाभाषी चरित्रका हुन्छन् ?

अझ यसलाई स्पष्ट गर्ने हो भने, सबै ठूलो दल सत्ता बाहिर हुँदा आत्तिने, सत्तामा पुगेपछि मात्तिने र सत्ताको मात चढ्न थालेपछि पात्तिने गरिरहे । मौजूदा संविधान, ऐन, कानून, परम्परा, मूल्य, मान्यताका अस्तित्व, अस्मितामाथि समवेत (एट् ए टायम) हमला हुँदै गरिदै आइयो ।

त्यस्तो दुस्परम्परा आम मतदाताले “सुविधाजनक बहुमत” दिएर सुशासन गर्न पठाएका संसदीय व्यवस्था स्थापित र पुनःस्थापित भएपछिका सबै कालखण्डमा संसदवादी दलले त कायम गरेको थियो नै । संसदीय व्यवस्थाभन्दा आफूलाई क्रान्तिकारी भनाउने रुचाउने (साम्यवादी भन्न छोडिसके पनि) गणतन्त्रवादी “कम्युनिष्ट”को मुकुण्डो भिरिरहेको दललाई नेपाली जनताले “मौजूदा संविधानलाई नै परिवर्तन समेत गर्नसक्ने” प्रचण्ड बहुमतको जनादेश सहित सत्ता शिखरमा चढाएको थियो । (संभवत विश्वका संसदीय शासन व्यवस्था अंगालेका मुलूकका कम्युनिष्ट पार्टीहरुले यस्ता अवसर सायदै पाएका थिए होलान् ।)

तर दुभाग्र्य ! त्यो अपूर्व अत्यधिक बहुमत प्राप्त अवसर ने.क.पा. (एमालेको) नेतृत्वका हातमा परेपछि त्यस्तो (अपूर्व) अवसर “बाँदरको हातमा परेको नरिवल” बनाइयो । आफूलाई निरंकुश तानाशाह “बनेर” संविधान, ऐन, कानून, विधि, पद्धति भताभुङ्ग पारेर स्वेच्छाचारी शासन हाँक्ने जनादेश प्राप्त भएको, रुपमा लिइयो । २००७ सालपछिको जुनसुकै सरकारले ५ वर्षसम्म टिकेर शासन गर्न नपाएको दोष तत्कालीन राजाको थाप्लोमा हाल्ने दलहरुले २०४८ देखि आफ्नै हातमा त्यस्तो सार्वभौम अधिकार लिए । तर पनि न २०४८मा स्पष्ट (सुविधाजनक) बहुमत पाएको सरकार ५ वर्ष चल्यो- न त २०५६ सालमा बहुमत प्राप्त सरकार ।

२०७४ मा झण्डै “दुई तिहाई बहुमत सहितको प्रधानमन्त्री” को गुड्डी हाँक्ने “कम्युनिष्ट पार्टीका सर्वाधिकार सम्पन्न नेताले नै पनि संविधानले तोकेको प्रतिनिधि सभालाई जीवन्तता वा निरन्तरता दिन सकेनन् । अझ संविधान समेत आफ्नै अनुकुल हुने गरी मनमाफिक संशोधन गर्ने शक्ति (जसपाले नेता उपेन्द्र यादवलाई सरकारमा पठाएर) दिँदा समेत संविधान संशोधन गरिएन । “बहुमत प्राप्त प्रधानमन्त्रीले जुनसुकै समयमा पनि ताजा जनादेशका लागि पुनः सार्वभौम जनता (मतदाता) समक्ष जान नपाउने (नसक्ने)” गरी २०७२ मा आफू समेतले बनाएको उल्टो संविधान सुल्ट्याउने तिर लागेनन् । बरु २०५९ साल जेष्ठमा जसरी प्रतिनिधिसभा विघटन गरी सोही साल असोज १९ गते “तत्कालीन माओवादीले चलाएको जन विद्रोहलाई कारण देखाई” १ (एक) निर्वाचन वर्ष पछिधकेल्ने, त्यसपछि त्यही (एक वर्ष सारिएको) नजीर देखाएर निर्वाचनले जन्माएको ंजंगबहादुर बनेर आफूले शासन गर्ने, राजा ज्ञानेन्द्रलाई राजेन्द्र वीर विक्रम बनाउने” सपना तत्कालीन प्र.मं.ले देखे । त्यस योजनालाई “स्वयंले रचनात्मक राजाको भूमिका निर्वाह गर्दै, डी–रेल भएको प्रजातन्त्रलाई लीकमा ल्याई छोड्ने” महत्वकांक्षा बोकेका राजाले पूरा गर्न दिएका थिएनन् ।

यस पटक फेरी संवैधानिक र त्यसमा पनि आफूले भने, चलाए वा नचाएको ताल र चालमा आँखा चिम्लेर नाच्ने (बाहुली दस्तखत वक्सने) “नव महारानी लक्ष्मी देवी”बाट आफूले आजीवन (विना प्रतिनिधिसभा) निष्कण्ट (विरोधी र प्रतिपक्षी विहिन) शासन गर्ने” ‘विपरीत वुद्धि’ हावी भयो । त्यसै एमाले पार्टीभित्रका “त्यस्तो नितान्त अलोकतान्त्रिक र गैरसंवैधानिक बाटोबाट शासन गर्ने जंगबहादुुर हुुनबाट आफ्ना नेतालाई रोक्ने” प्रयास गरियो पनि । नियत नै “फासिवादी शैली” अँगालेर स्वेच्छाचारी हिटलर र मुुसोलिनी बन्ने भएपछि पार्टीभित्रका असहमतलाई अवरोधक वा बाटाका काँडा ठानियो ।

चरणदासहरुको बलवूतामा त्यस्ता “अवरोध खडा गर्ने” पार्टीभित्रका शीर्ष नेताहरुलाई बालुवाटारबाट मात्र नभई पार्टीबाटै पार्टी विधान विपरित, गैरसंवैधानिक तरिकाले निष्काशन गर्ने सीमान्त निकृष्ट कार्य गरियो । त्यसैले पार्टीभित्र विद्रोह भयो । आसेपासे, गासे र चरण–दासहरुको भीडले पार्टीमाथि मदन भण्डारीको अपरिकल्पनीय अवशानपछि आइपरेका अनेकन संकटहरुको सामना गर्दै, नेपालको पहिलो शक्तिशाली पार्टी बनाउने, उनीभन्दा सबै हिसाबले इमान्दारीता, नैतिकता, आर्थिक र चारित्रिक दृष्टिले) श्रेष्ठ र उत्कृष्ट व्यक्ति र पक्षधरहरुलाई सानो सीमाभित्र पार्ने सीमान्त अराजनीतिक र अदूूरर्शी काम गरियो ।

तर, जस्ले जतिसुकै दरकिनारामा पु¥याए पनि, “मूल्यको राजनीति” गर्दा आइपर्ने सक्ने सबै जोखिम मोल्न चाहनेहरु कुनै साधन श्रोत र स्थापित एवं सुदृढ संगठन बिना नै हालै सम्पन्न स्थानीय तहका लागि निर्वाचनमा उत्रिएको देखियो ।

यद्यपी उनीहरु आफैंले संख्यात्मक रुपमा निकै नै कम तह (पालिकाहरुको) नेतृत्व पाए तर पनि “नेकपा एमालेले सबै (एमाले बाहेक)ले पाएको कूल संख्याभन्दा बढीमा शानदार जीत हासील गरेर देखाइदिने उद्घोष गरेका भाँड बोली, शब्द, भाषा, शैली, व्यवहार र चरित्रका, नेताका उम्मेदवारलाई नेपालको सबैभन्दा ठूलो भू–भाग समेटेको पोखरा महानगरपालिकाका मतदाता (काँग्रेस, माओवादी र ने.क.पा समाजवादी)ले परास्त गरिदिए । त्यतिमात्र होइन– नेपालका सबै महानगरपालिकाका सचेत र प्रवुुद्ध मतदाताले एमालेका नेताको दुर्याेधनी दम्म र धुन्धुकारी प्रवृत्तिलाई धूलो चटाइदिए ।

त्यो सबैलाई एउटा तटस्थ वाम–आन्दोलनमा विद्यार्थीकालमा क. पुष्पलालकै सन्निकटमा रहेर बाम आन्दोलनमा लागेको, तर वर्तमान परिप्रेक्ष्यमा (खास गरी नेकपा एमालेको चरम भ्रष्टाचारी सत्ता र स्वार्थका लागि नेतृत्वमा पुुग्नैपर्ने तर राज्य संचालनका लागि हुुनुुपर्ने न्यूनतम गुणको लक्षण समेत नभएका, दम्भी, घमण्डी र तानाशाही चरित्रको कारण दलीय दुर्गन्धी फोहोरी छिटाबाट टाढै बस्दै आएको” व्यक्तिलाई पनि पोखरा महानगरपालिकाको प्रमुखका एमालेका उम्मेदवारको पराजयलाई” २५ वर्षदेखि कम्युनिष्टको गढमा चिनएको कास्कीबाट कम्युनिष्टहरु वडारिए” भनेर जसरी आम रुपमा सुनाइयो, त्यो कुरा भने नितान्त भ्रमपूर्ण, अयथार्थ परक र हावादारी भन्नुपर्छ” भन्ने लाग्छ ।

स्पष्ट गर्नुपर्दा कास्कीलाई “लाल किल्ला” र कम्युुनिष्ट गढ बनाउनेहरुलाई न एमालेको पगरी गुनेर, २०४८ देखि सत्ता र स्वार्थका लागि हाराकिरी गर्ने उरन्ठेउला ठेट्नाहरुले देखे न खोज्ने, चिन्ने र उनीहरुको सम्मान गर्नुपर्छ” भन्नेसम्म पनि जाने । बरु उनीहरुले त्यस्ता पिता पूर्खाका अग्रजहरुलाई लछार पछार पारेर उनीहरु मध्येका कसैलाई उम्मेदवार बन्न पार्टीले दिएको टिकट खोस्ने घृणितकार्य गरे । २०४८ मा बलराम उपाध्याय ले जे भोगे त्यो नै त्यस्को जीवन्त साक्ष हो ।

आफुू कास्कीकै माटोमा जन्म,े हुुर्केको र त्यहीं भूूमिगत राजनीति गरेको नाताले सत्य निष्ठापूूर्वक साक्षी बक्नैपर्छ । “जसरी नेपाली काँग्रेसलाई जन्माउने र विशालवृक्षमा परिणत गर्नेहरुको नाम लिनुपर्दा सुन्दरप्रसाद मस्र्यानी, प्रेम चैतन्य ब्रह्मचारी, करुणानिधि कोइराला, अमृतप्रसाद शेरचन, मीनबहादुर गुरुङ्ग, प्रेमराज मुुल्मी, दयाशंकर पालिखे, र उनका पूरा खलक प्रेमबहादुर, केशव पराजुलीदेखि आजको पुस्ताका आनन्दराज मुुल्मी, अशोक पालिखे, नरेशशंकर पालिखे, विश्वशंकर पालिसे आदिको नाम सबैका औंलामा अनायास गनिन्छ ।

त्यसरी नै कास्कीलाई “कम्युनिष्टको लालकिल्ला” बनाउने श्रेय चित्रबहादुर गुरुङ्ग, सुन्दरमणि पराजुली, नेत्रपाणि गौतम, नन्दमोहन भट्टराई, बलराम उपाध्यलाई दिनुपर्छ । त्यतिमात्र होइन । वेगनाश र शिशुवाक्षेत्रलाई ‘कम्युनिष्टमय’ बनाउने नन्दप्रसाद, फणीन्द्र, कविराज “अधिकारी” बन्धुहरु हुन् भने भलामलाई रेवती विलास, सोमेश्वर, गोकर्ण पौडेलहरु, हेमजातिर जयप्रसाद वाँस्तोला र किस्ती नाच्नेचौरतिर, कम्युनिष्टको मसाल जोगाई राख्ने लेखनाथ पोखरेल उमाकान्तहरु नै हुन् ।

अझ २०२४–२५ तिरसम्म कम्युनिष्ट त के प्रगतिशील विचारको पनि शून्य प्रायः स्थितिमा रहेको पोखराको एकमात्र कलेज (पृथ्वी नारायण)का विद्यार्थीहरुलाई संगठित र नेतृत्व गरेर “अनेरास्ववियुको अभेद्य गढ” को जग राख्ने दीपेन्द्र बहादुर क्षेत्री र विभिन्न ठाउँमा सरुवा भए गरिए पनि भूमिगत शैलीमा कम्युनिष्ट आन्दोलनलाई उर्जा प्रदान गर्दै अएका रामराज रेग्मी जस्ताको योगदानलाई बिर्सनेहरुले “अफैलाई कास्कीमा कम्युनिष्टका आदि पुरुष” ठान्नु मेरा बाबुबाजेलाई मैले नै जन्माएको थिएँ” भनेर भन्नु जस्तै लाग्दो रहेछ ।

सायद कम्युनिष्टको फेटा गुनेर भ्रष्टाचार, अनाचार, दुराचार र आम कम्युनिष्ट कार्यकर्तालाई शोषण उत्पीडन गर्ने यस्तै फटाहाका यायत् गतिविधि देखेर नै त होला । पी.एल चित्रबहादुर गुरुङ्गदेखि आजको एमाले पार्टीका भुईफुट्टा नेता बन्न पुुगेका ठेट्ना जन्मिनुु पूूर्वसम्म “कास्कीका बाम आन्दोलनमा होमिएर कर्मयोगी कम्युनिष्ट नेताको पहिचान बनाएका टेकनाथ बरालले बैरागिएर दोविल्लामा गई रजनीश भक्त बन्न पुग्नु परेको ?

तर पनि “भागो नहीं, दुनियाको बद्लो”भन्ने सिद्धान्त बोकेर “सिङ्गो कम्युनिष्ट पार्टीलाई मात्र नभई लोकतन्त्र, ‘संविधानवाद’ एवं विधि, पद्धतिका यावत् आधार, अस्तित्व, अस्मितामाथि निर्लज्ज सामूूहिक बलात्कार गरी आर्यघाट पु¥याई, आफ्ना अरौटे, भरौटे, भजने, भोजने, भृत्यमण्डलीको आडवलमा आफ्नो राज्य कायम गर्ने स्वप्नदर्शीको एकच्छत्र जंगलराज कायम गर्ने” दुष्प्रयास विरुद्धको पृथक मोर्चामा जसरी धनराज आचार्य उभिए त्यसरी नै पोखरा महानगरपालिकाको प्रमुखको पदमा विजयी बनाएँ ।

त्यसबाट कास्कीका आम मतदाताले आफुूहरु “नवसामन्ती सर्वसत्तावादी मैमत्ता नेताका चरणदासहरुका रैती, प्रजा, हरुवा, चरुवा र वँधुवा भएर मतदिने परम्पराका पक्षधर होइनन् छैनन्’ भन्ने राम्रो शिक्षा दिएका छन् भन्ने लाग्छ ।

यसरी “कम्युनिष्ट”का नक्कली हकवाला बनी जनता ठगी खाने जाली फटाहाहरुलाई दरकिनार गरेको र समय सन्दर्भसँगै अघि बढ्न चाहना देखाएकोले ने.क.पा. समाजवादी र उनको प्रतिनिधित्व गर्दै निर्वाचनमा उत्रिएकोले नै धनराज आचार्यलाई प्रतिगमन विरोधीहरुले साथ दिन अग्रसर भएको रुपमा लिनुुपर्छ । त्यति भयो भने मात्र सही विश्लेषण गरेको ठहरिने छ ।

त्यसै जनभावनाको सम्मान र शिरोधर गर्ने प्रयासमा पोखरा म.न.पा.का नव निर्वाचित प्रमुख सफल होऊन् । हार्दिक बधाई सहित शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.