विश्व समाचार

प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गर्नुभएको छ । उहाँले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको पनि बताउनुभयो ।

सोमबार दोस्रो चीन–प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण–दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताउनुभयो ।

सन् २०२१ को अक्टोबरमा औपचारिक रूपमा स्थापना भएको चीन–प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकको संयन्त्रले दुवै पक्षलाई सघन वार्ता गर्न तथा आपसी विश्वास र सहयोग बढाउन महत्वपूर्ण मञ्च प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो ।

चीन र प्रशान्त टापुका देशहरूबीचको दूरीको बाबजुद पनि बेइजिङले राष्ट्रपति सीको मार्ग निर्देशनमा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र विकासका अवसरहरू खोज्न प्रशान्त महासागरका टापु देशहरूसँग घनिष्ठ सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.