जन सरोकार
लकडाउनको मौका पारी चोरी गर्ने गिरोहका नाइकेसहित तीनजना पक्राउ
विश्वब्यापी महामारी कोरोना भाईरस संक्रमणका कारण देशमा जारी लकडाउनको मौका छोपी रातको समयमा काठमाडौं उपत्यकाभित्र चोरीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट गरगहना समेत बरामद गरेको छ ।
चोरीका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष अभियान अन्तरगत रातको समयमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कास्कीका मिलन तामाङ, नुवाकोटका प्रेम तामाङ र भारतीय नागरिक ऋषिमुनि कुमार छन् ।
मिलनले काठमाडौं, सरकारीधारास्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडेर सुन, चाँदीका गहना चोरी गरेको र उनले अन्दाजी दुई लाख २३ हजार ८ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गरेकाले थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएका छौं ।’