स्वास्थ्य

भारतमा देखिएको ‘ब्ल्याक फङ्गस’ नेपालमा पनि देखियो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना भाइरस संक्रमणको नयाँ लहरसंगै कोरोना संक्रमणमुक्त भएकाहरुमा देखापरेको ब्ल्याक फङ्गस (कालो ढुसी)बाट भारतमा हजारौं व्यक्ति संक्रमित भएका बेला यो नेपालमा पनि देखिएको छ ।

आँखामा समस्या हुने ढुसीको संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै सचेत रहन आग्रह गरेको छ । खास गरी कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको तर यो कोरोना जस्तो एक मानिबाट अर्को मानिसमा नसर्ने जनाइएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै रोगका लक्षण, रोकथामका विधि र संक्रमण भए आइसोलेसनमा रहेर गर्नुपर्ने कार्यबारे जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयले कालो ढूरी कोरोना संक्रमितलाई हुने भएकाले घरमा आइसोलेसनमा बस्दा सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ ।

त्यसै गरी व्यक्तिगत सरसफाईमा ध्यान दिने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनीले पानीले नाक सफा गर्ने, पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.