साहित्य

सगरमाथाको चुचुरोबाट विश्वभरका ‘डान्स नोटेशन’को पुस्तक सार्वजनिक

विश्वका साहसीहरुका लागि अनेक कीर्तिमान कायम गर्ने एकमात्र थलो सर्वोच्च शिखर सगरमाथाबाट पछिल्लो समय एक नवीनतम कार्य सम्पन्न भएको छ ।

वरिष्ठ कलाकार भैरवबहादुर थापाले ६ दशकभन्दा लामो समय लगाएर तयार गर्नुभएको ‘विश्वभरका नृत्यहरुको नोटेशन’ र यसका भागभंगीहरु समेटिएको महान कृति पर्वतारोही नर्विण मगरले सगरमाथाको चुचुरोबाट सार्वजनिकरण गर्नुभएको हो ।

नेपाली नृत्य क्षेत्रका सबैका गुरु थापाले यति लामो समय लगाएर तयार गर्नुभएको पुस्तक ‘इन्टरनेशनल डान्स नोटेशन’ ‘भैरब अल्फा साइन्स’को सगरमाथाको चुचुरोबाट सार्वजनिक गरिएको हो ।

नृत्य प्राविधिक पाटोलाई लिएर लेखिएको पुस्तकमा नृत्यका भावभङ्गिमालाई नयाँ भाषा व्यक्त गरिएको छ । नृत्यको हरेक चाललाई व्याख्या गरिएको यो पुस्तक विश्वभरका नृत्य पारखी र शिष्य तथा गुरु सबैका लागि गतिलो खुराक हुने विश्वास गरिएको छ ।

९० वर्ष उमेर पार गरिसक्नुभएका थापाले विश्वभरका नृत्य नोटेशन समेटेर ६ दशकभन्दा बढी समय मेहेनतका साथ सो पुस्तक तयार गर्नुभएको हो । विश्वभरका नृत्यहरु समेटिएको यो पुस्तक सम्भवतः पहिलो हुने अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.