राजनीति

महानगरको मुहार फेर्न जे जे गर्नुपर्छ गर्नुहोला

काठमाडौं महानगरपालिकाका विद्यमान समस्या समाधान गर्ने आफ्नो योजनामा असहयोगको संकेत पाए लगत्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह उच्च राजनीतिक भेटघाटमा सक्रिय हुनुभएको छ ।

महानगरपालिकाको पहिलो बैठकमाा कांग्रेसबाट निर्वाचित केही वडा अध्यक्षहरुले असहयोग गर्ने शैलीमा आक्रामक प्रस्तुति दिएपछि साहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभयो ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि जे गर्नुपर्ने हो गर्नु र त्यसमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुने जनाउनुभएको हो ।

भेटमा प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो भने प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिनुभएको थियो ।

यसअघि साह निर्वाचित नहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै उहाँले प्रधान सेनापतिसंग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.