जन सरोकार

सुनकोशीमा जिप खस्दा तीन बेपत्ता

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुली, गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जिप सुनकोशी नदीमा खसेको छ । आज जिप नदीमा खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका छन् ।

सवारी दुर्घटना

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जिप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जिपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.