कला/मनोरन्जनकलिउड

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : भुवन केसी

चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताउनुभयो । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उहाँले भन्नुभयो । चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.