जल/वातावरण

कोरोना संक्रमणपछि काठमाडौं मेडिकल कलेजको अस्पताल बन्द

स्वास्थ्यकर्मी र बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गरिएको छ । अस्पतालले २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सेवा बन्द गरिएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.