स्वास्थ्य
कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन
कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको उपचारका क्रममा निधन भएको छ ।

ललितपुरस्थित स्टार अस्पताल सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको शुक्रबार निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि अस्पताल लगिएको थियो । स्व न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्