स्वास्थ्य
छहजार छसय ५३ जना संक्रमित थपिंदा आठहजार छसय ६३ जना संक्रमणमुक्त, एक सय १ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमित हुनको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ८ हजार ६ सय ६३ जना निको भएका छन् । त्यस्तै १ सय १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १ सय ८२ पीसीआर परीक्षणमा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षणमा २ हजार २९ गरी ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्