बालेनसंगको भेटमा प्रचण्डको टिप्पणी- “तपाईंको जित एक किसिमको क्रान्ति नै हो”
नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहको जित एक किसिमको क्रान्ति नै भएको बताउनुभएको छ ।
शनिबार विहान मेयर बालेनसंग प्रचण्ड निवासमा भएको भेटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो र आफ्नो पार्टीको साथ सँधै रहन आश्वासन दिनुभएको छ ।
त्यस क्रममा उहाँले भन्नुभयो, तपाईंको जित ठूलो कुरा हो, यो एक किसिमको क्रान्ति नै हो । पहिलेका प्रमुखहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हाम्रो सँधैभरी साथ र सहयोग हुनेछ ।
अध्यक्ष प्रचण्डले प्रमुख साहलाई जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएको छ । प्रमुख साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
मेयर साहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटपछि उहाँले अध्यक्ष प्रचण्डसँग पनि भेट्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्