जन सरोकार

मिसन अस्पताल पाल्पाका १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयो ।

पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् । रामपुरमा पचास शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाइ शुक्रबार आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button