जापान

सुबेदीको परिबार लाइ कास्कीपोखरा समाज जापानको आर्थिक सहयोग

जापानमा हृदयघातका कारणले निधन भएका नेपालीको परिबार लाइ कास्की पोखरा समाज जापानले संकलित सहयोग रकम हस्तान्तरण गरेको छ । हृदयघातका कारणले केहि हप्ता अघि मृत्युबरण गर्न पुगेका पोखराका सुबीन सुबेदीको परिबार लाइ समाजले संकलित रकम शुक्रबार हस्तान्तरण गरेको जनाएको छ ।

उनि परिबार सहित ३४ वर्षिय साईतामाको सिकी शहरमा बस्दै आएका थिए । उनको निधन पश्चात अन्तिम दाहसंस्कारका लागी समाजले जापानमा रहेका नेपाली हरु बीच आर्थिक सहयोगको अनुरोध गरेको थियो ।

कास्की पोखरा समाज जापानका उपाध्यक्ष सन्देश अधिकारीले कुल उठेको रकम 49,1000 येन मध्ये दाह संस्कारको 273000 येन र सुबेदीकि धर्मपत्नी मन्जु ढकाल लाइ नगद 21,8000 येन हस्तान्तरण गरिएको जानकारी दिए । अध्यक्ष विकास श्रेष्ठ र सल्लाहकार सुरेस लामिछानेको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको संयोजक अधिकारीले बताए ।

चारवर्ष अघि कुक भिषामा जापान आएका सुबेदीका श्रीमती सहित एक छोरी छन भने सुबेदीकि पत्नी सनिबार नेपाल फर्किएको जानकारी दिए ।

सम्बन्धित खबर

Back to top button