जन सरोकार
रुपन्देहीमा बस दुर्घटना : नौजनाको मृत्यु २३ जना घाइते
आइतबार विहान रुपन्देहीको भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस बिहान करिब साढे ४ बजे सो बस पुलबाट खोलामा खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्