प्रबास

अर्याल अमेरिकामा मानार्थ विद्यावारिधि प्राप्त गर्ने पहिलो नेपाली

विजय थापा, स्यानफ्रान्सिस्को । लामो समयदेखि घरखरिद बिक्री (रियल स्टेट) ब्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्याललाई क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ ।

ब्यवसायी अर्यालले घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो उपाधी दिइएको विश्वविद्यालयले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो विश्वविद्यालयले विद्यावारिधिको उपाधी प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ विद्यावारिधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुनुहुन्छ ।

अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालयले उहाँलाई विद्यावारिधीको लागि छनौट गरेको थियो ।

विद्यावारिधी उपाधी पाउनु गौरवको विषय भएको बताउँदै ब्यावसायी अर्यालले आफूलाई यसबाट थप उत्साह र प्रेरणा मिलेको बताउँदै यो आफ्नो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि भएको बताउनुभयो ।

स्यानफ्रान्सिस्को विश्वबिद्यालयका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यवसायीलाई विश्वबिद्यालयको विद्यावारिधि उपाधि प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसी र गौरवको विषय भएको बताउनुभयो । ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया पुग्नुभएको थियो । त्यहाँको माउण्टेन विश्वविद्यालय र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्रि र विजनेश एडमिनिष्ट्रेशनको अध्ययन पुरा गर्नुभएको थियो ।

सन् २०१६ देखि घरखरिद बिक्री व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुबीच लोकप्रिय युवा व्यावसायीको रुपमा परिचित हुनुहुन्छ ।

यसअघि अर्याल उत्कृट ब्यवसायी भए वापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड र सन् २०१८, २०२० टप प्रोड्युसर अवार्डवाट पुरस्कृत भैसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.