जापान

८३ वर्षीय जापानी बाजेको अदम्य साहस : सानफ्रान्सिस्को-जापान एकल जलयात्रा पूरा

लामो सेतो कपाल भएका ८३ वर्षीय केनिची होरी प्रशान्त महासागरको एकल एवम् अविराम यात्रा पूरा गर्ने संसारको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् ।

उनन्सत्तरी दिनअघि सानफ्रान्सिस्को बन्दरगाहबाट सानो डुङ्गा लिएर एक्लै यात्रामा निस्केका उनले शनिबार बिहानै जापानको पश्चिमी तट किइ स्ट्रेट पार गरी आज घर फर्कदा स्थानीय बासिन्दा र समर्थकहरूलाई ‘आफू अझै युवावस्थाको बीचमा रहेको र त्यो अझै नसकिएको’ बताए ।

आफ्नो गृह बन्दरगाह शिन निशिनोमियामा आइपुगेका उनलाई समर्थकहरूले हौसला दिँदै “फेरि स्वागत छ, केनिची होरी!” भन्दै गुलाबको गुच्छा दिएर स्वागत गरेका थिए ।

सानफ्रान्सिस्कोबाट यात्रा प्रारम्भ गर्दा बोकेका औषधिको उनले प्रयोग गर्नुपरेन । आँखाको ओखती र केही ब्यान्डएड मात्र खपत भयो । “यसले म कति स्वस्थ छु भनेर देखाउँछ,“उनले संवाददाताहरूमाझ ठट्टा गर्दै थपे “म अझै युवावस्थाको बीचमा छु ।

चुनौतीलाई सपनाको रूपमा लिनुको सट्टा वास्तविक लक्ष्यको रूपमा र सुरक्षित रूपमा यसलाई प्राप्त गर्न सक्षम हुनु मेरो लागि ठूलो खुशीको विषय हो । म बाँचुन्जेल एक चुनौती बन्न चाहन्छु । ”

सन् १९६२ मा जापानबाट सानफ्रान्सिस्को सम्मको एकल एवं अवरिाम यात्रा सफलतापूर्वक पूरा गर्ने संसारको पहिलो व्यक्ति बनेका उनले ६० वर्षपछि पुनः विपरीत बाटोबाट प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।

सान फ्रान्सिस्कोबाट प्रस्थान गरेलगत्तै उनले आँधीको सामना गर्नुपर्यो तर मौसम क्रमशः सुधार हुँदै गयो र उनी निर्धारित समयभन्दा अगाडि मध्यअप्रिलमा हवाई पुगे। अनि गन्तव्यसम्म पुग्न उनलाई असहज भएन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button