सरकार ! अहिलेको काम मुलुकलाई कोरोनाबाट बचाउने कि कार्पेट फेर्न ?
राष्ट्रपति कार्यालयको कार्पेट फेर्न लागिएको समाचार बाहिर आएपछि यसको सामाजिक सञ्जालदेखि सडकसम्म आलोचना भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकार जनता बचाउनेतिरभन्दा विलासीता बढाउन केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा रिजालले भन्नुभयो, ुअहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ । मुलुक बाहिर बसेका नेपालीहरू कसरी देशमा पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ । सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त छन् ।ु
कोरोना महामारीका बीच राष्ट्रपति कार्यालयमा कार्पेटलगायतका सामग्री खरिद प्रक्रिया अगाडि बढेको कुरा सार्वजनिक भएतर्फ संकेत गर्दै सांसद रिजालले भन्नुभयो कार्पेटको व्यवस्था गर्दैछ सरकार, अनि सत्तारुढ दलका अरु मानिसहरू सत्ताको बाँसुरी र सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रोसँग बज्दछ भनि प्रयत्न गरिरहेका छन् ।ण् यो सबै सरकारमा रहेकाहरूमा इमानदारिता र क्षमता नभएकाले भइरहेको छ ।
त्यस्तै उहाँले अर्थमन्त्री युवराज खतिवडाको क्षमता मात्रै नभई इमानदारितामा पनि प्रश्न उठेको बताएँदै भन्नुभयो बजेट आउनु पहिला विद्युतबाट चल्ने सवारी साधनलाई भन्सारबाट छोड्न दिएको घटनाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो सरकारमा इमान्दारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडीहरुलाई एकदिन अगाडि जसरी भन्सार नउठाई छाड्यो र कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ । क्षमताको मात्रै कुरा होइन इमान्दारिताको पनि कुरा हो ।ु
प्रतिक्रिया राख्नुहोस्