डोल्पामा मृत्युभएका पुरुषमा कोरोना संक्रमणको पुष्टि
गत २० गते निधन भएका डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएका उनी उनी जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए ।

लामो समयदेखि दमको रोगले पीडित ती पुरुषको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारी पुष्टि गर्नुभएको हो ।
यसैबीच शनिबार रुपन्देही र कपिलवस्तुमा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
रुपन्देहीका ५ जना मध्ये ओमसतिया गाउँपालिकाका एक जना, ओमसतिया गाउपालिकाका एक जना, शुद्धोधन गाउपालिकाका २ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका एकजना विरामीमा कोरोना पुष्टि भएको हो ।
ओमसतिया गाउंपालिका वडा नं ३ का १९ वर्षीय पुरूष, रोहिणी गाउंपालिका वडा नं २ का १९ वर्षीय पुरूष, शुद्धोधन गाउँपालिका वडा नं ७ का ३३ र ३८ वर्षीय २ जना पुरूषमा कोरोना पुष्टी भएको हो । योसँगै रूपन्देहिमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।
यस्तै कपिलवस्तुको विजयनगर गाउपालिकाका ५ जना र बुद्धभूमि नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।
बुद्धभुमि नगरपालिका वडा नं. ५ का १९ र २९ वर्षका २ जना पुरुष, वडा नं. ६ का बर्ष २३ र ३६ का २ जना पुरुष रहेका छन् । विजयनगर गाउँपालिका वडा नं ३ का वर्ष २५ का १ जना पुरुष, वडा नं ५ का बर्ष २४ का १ जना पुरुष र वडा नं ६ का बर्ष २२,३२,४८ का ३ जना पुरुषमा संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ८४ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्