राजेन्द्र महतोको भनाईको प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्छ
शुक्रबारले राजेन्द्र महतो उपप्रधान तथा शहरी विकासमन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गरेलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने भन्दै अभिव्यक्ति दिएपछि त्यसको चर्को आलोचना भयो । शनिबार महतोको बिरोधमा वानेश्वरमा पुतला दहन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ समेत गर्यो ।

त्यस्तै एमालेको माधव नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति जारी गरी कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका छन् ।
माधवकुमार नेपाल, झलनाथ खनाल लगायत १५ नेताहरुले विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय रहेको बताएका छन् ।
चर्को बिरोध भए पनि महतो भने आफ्नो भनाइमा अडिग रहँदै शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उहाँले ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि भन्नुभयो ।
उहाँले नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको र बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्