राजनीति

“एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने”

अध्यक्ष केपी ओलीबाट हुने षड्यन्त्र र जालझेलमा नअलमलिंदै वैकल्पिक बाटोमा जानुपर्ने प्रस्ताव पारित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेको माधव नेपाल समूहको शनिबार सम्पन्न स्थायी कमिटी बैठकले वार्ता र पार्टी एकताका नाममा अध्यक्ष केपी ओलीबाट हुने षड्यन्त्र र जालझेलमा नअलमलिएर वैकल्पिक बाटोमा जानुपर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने रयस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।



नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष पनि निकालेको छ ।

पारित प्रस्तावमा यदि सहमति सार्वजनिक नभए असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने निर्णय गरिएको छ ।

पारित निर्णय यस्तो छ

नेपाल समूहको प्रस्ताव

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button