स्वास्थ्य

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर, ९९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमतिको तुलनामा संक्रमणमुक्त हुनेको संख्यामा उल्लेख्य वृद्धि हुने क्रममा आइतबार संक्रमति र संक्रमणमुक्तको अन्तर दोब्बर पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको र कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ ।

त्यसै गरी राजधानी काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या घट्दै गएको छ । आइबार काठमाडौं उपत्यकामा १ हजार १ सय ३१ जना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.