जन सरोकार

फेसबुकबाट चिनजान, जन्मदिन मनाउन निम्ता अनि सामूहिक बलात्कार

फेसबुकमा भएको चिनजानकै आधारमा जन्मदिन मनाउन पुगेकी बाँकेकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी र त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे त्यहाँ घुमफिर गरे ।

त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।

त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरकोे र बलात्कारपछि किशोरी बेहोस भएपछि किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पुर्याएको बयान दिएका डीएसपी न्यौपानले बताउनुभयो ।

गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् । गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।

त्यहाँ प्रहरी जाँचका क्रममा अद्र्धबेहोस अवस्थामा किशोरी देखेपछि प्रहरीले चौकीमा लगेर सोधपुछ गरिएको थियो । किशोरील होसमा आएपछि आफूमाथि बलात्कार भएको जानकारी दिएपछि दुई युवककै बयानका आधारमा थप ५ जना पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.