अर्थ

ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

अवैध कारोबार बढेका कारण वैध अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थविद्हरुले सचेत पारिरहेका बेलाा काठमाडौंमा हुण्डी कारोबार गर्ने एकजनालाई प्रहरीले नेपाली र भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बारा पचरौता नपा वडा नं ७ घर भई हाल कामपा १३ बस्ने जय कमल साह कलवारलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया १७ लाख ६६ हजार ३००। र भारतीय रुपैया १२ लाख ८ हजार ७०० गरी जम्मा नेपाली रुपैया रु ३७ लाख २२० बरामद गरेको हो ।

पक्राउ परेको कलवारलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.