जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.