जन सरोकार
बन्चरेडाँडाका स्थानीयबासीले रोके फोहरका गाडी
सोमबार राति अबेर भएको सहमति अनुसार मंगलबार विहान काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयबासीले रोकेका छन् ।
स्थानीयले सोमबार साँझ काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै ट्रक रोकेका हुन् ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो ।
काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिको सहमतिपछि स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्