जन सरोकार

सुरक्षाको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले चलायो गोली, एकजनाको मृत्यु

बाघको आक्रमणबाट आजित भएका बर्दियामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरीको मृत्यु भएको छ भने अन्य चार जना स्थानीय घाइते भएका छन् ।

जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु हुनुहुन्छ ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भएका थिए ।

यसबीच गृह मन्त्रालयले घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.