जन सरोकार

सरकारको गल्तीको सजाय जनता भोग्ने (इम्बोस्ड नम्बर लिने आवेदनको तरिका सहित)

सरकारले असार मसान्तसम्म वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने चेतावनीसहितको सूचना जारी गरेपछि यसको चर्को बिरोध भैरहेको छ ।

सरकारले नै समयमा काम नगरी जनतालाई चेतावनी दिने काम गरेको भन्दै संसदमा सूचना फिर्ता लिन समेत माग भए पनि आम जनता भने कारबाहीको डरले नम्बर जडानमा कुदेका छन् ।

सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ ।

कतिपयलाई इम्बोड नम्बर के हो र कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे सामान्य जानकारी समेत पाउन सकेका छैनन् । इम्बोस्ड नम्बर प्राप्त गर्न राष्ट्रिय परिचयपत्र वा इ पासपोर्टकै शैलीमा अनलाइन फर्म भर्नुपर्ने हुन्छ ।

कसरी दिने आवेदन ?

इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको साइडमा गएर इम्बोस्ड नम्बर प्लेट प्रणालीमा जानुपर्छ । त्यहाँ गएर तपाईंले आफ्नो सवारीको नम्बरदेखि सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ र जसमा सवारी साधन दर्ता नम्बर र दर्ता मिति भर्नु पर्नेछ । त्यति भेरपछि अर्को पृष्ठमा मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ ।

मोबाइल नम्बर इन्ट्रि गरेपछि तपाईंको मोबाइलमा एउटा भेरिफिकेसन कोड आउछ जुन कोड हालेर तपाई अर्को पृष्ठमा जानुपर्छ । त्यसपछि आफ्नो इमेलमा भेरिफाइ गराएर अर्को पृष्ठमा सवारीसाधनको दर्ता मितिदेखि आफ्नो सवारीको ब्लुबुकबाट सवारीसाधनको प्रकार, इन्जिन नम्बर, च्यासिस नम्बर लगायत सम्पूर्ण विवरण भर्नुपर्छ ।

सबै भरिसकेपछि अर्को पृष्ठमा भएर सवारी धनीको दुई विकल्प मध्ये एक रोज्नुपर्ने हुन्छ । जसमा व्यक्तिगत हो अथवा संगठनको हो छनोट गर्नुपर्ने हुन्छ ।

यदि तपाईको सवारीसाधन कुनै वित्तीय संस्थाको सहयोगमा खरिद गर्नु भएको हो भने त्यहाँ उल्लेख गर्नुपर्छ । यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ ।

यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ । फारममा सम्पूर्ण विवरण भरेपछि त्यसको प्रिन्ट निकालेर तोकिएको यातायात कार्यालयमा गइ भेरिफिकेसन गर्नुपर्ने यातायात विभागका महानिर्देशक नमराज घिमिरे बताउछन ।

यदि यातायात कार्यालयहरुले भेरिफिकेसन तत्काल गरिदिएभने कार्यालय गएको दिनमै राजश्व तिरेर सवारीमा इम्बोस्ड नम्बर प्लेट समेत जडान हुने उनको भनाई छ ।

‘तर, ‘अहिले एकान्तकुना यातायात कार्यालयले ६० भन्दा बढी इम्बोस्ड नम्बर प्लेटको लागि गएका सेवाग्राहीको नाम भेरिफाइ गरेको छैन’ घिमिरेले भने ‘यातायात कार्यालयहरुले यस्तो समस्या दिन थालेभने बाँकी १५ महिनामा ३५ लाख भन्दा बढी सेवारीमा इम्बोस्ड नम्बर प्लेट सम्भव देखिदैन’ ।

राजस्व बुझाउन जाँदा सवारीको कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजातसहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्ने हुन्छ।

कति लाग्छ शुल्क ?

जसअनुसार अहिले सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा बर्गिकरण गरेको छ । जस अनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चार पाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

कहाँ कहाँ हुन्छ जडान ?

दुई पांग्रे सवारीमा गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), साना तथा मझौला चार पांग्रे सवारीमा टेकुस्थित सवारी परीक्षण कार्यालय र ठूला सवारीमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट जडान गरिन्छ। त्यस्तै, सरकारी सवारीमा भने यातायात व्यवस्था विभाग मीनभवनबाट काम हुन्छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.