प्रबास

राजेशपायल राईले पेरिसमा मच्चाए धमका

नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईले फ्रान्सको राजधानी पेरिसमा धमका मचाएका छन् ।

नेपाली सांस्कृतिक गृहले जुन ४ मा आयोजना गरेको १८औँ नेपाल महोत्सवमा गायक राईले आफ्नो सांगीतिक प्रस्तुती दिएका हुन् ।

गायक राईले मायाको लागि आइपरे ज्यान पनि त्याग्न राजी छु बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए । गायक राईको लगातार २ घण्टाको सांगितिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए ।

त्यसपछि क्रमशः दर्शन नमस्ते, नाइ नभन्नु ल, म त मर्छु कि क्या हो ठूली, यानी माया, दिक्तेल बजार लगायतका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

महोत्सवमा नेपाली कला र संस्कृतिलाई माया गरेर नेपाली त नेपाली तर विदेशीहरुको पनि बृहत उपस्थितिले आफूहरूलाई थप हौसला मिलेको नेपाली सांस्कृतिक गृहका संयोजक कविन्द्र कायस्थले बताए ।

महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुन मार्फत राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिने उनले बताए ।

नेपाली सांस्कृतिक गृहले नेपाली कला संस्कृतिलाई सम्बर्धन गर्न फ्रान्समा हरेक वर्ष नेपाली महोत्सवको आयोजना गर्दै आएको छ ।

राइले फ्रान्स बसाइको क्रममा महामहिम राजदुत् दिपक अधिकारीसँग पनि भेटघाट गरेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.