जल/वातावरण
२४ घण्टामा थपिए ३ सय १४ जना संक्रमितको संख्या तीन हजार सात सय ६२ पुगेको

नेपालमा सोमबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या तीन हजार सात सय ६२ पुगेको छ । गत २४ घण्टामा मात्र ३ सय १४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् । मृत्यु भएकाहरु सबैको सुरुमा कोरोना पुष्टि नभएर मृत्युपछि भएको हो ।
यसै गरी सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्