जन सरोकार

रञ्जना सोडा गल्लीमा भेटियो पुरुषको शव

काठमाडौं महानगरपालिकाको अति व्यस्त स्थानमा एक व्यक्तिको शव फेला परेको छ । बुधबार विहान रञ्जना सोडा गल्लीमा एक पुरुषको शव भेटिएको हो ।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.