नबिल बैंकका १८ शाखाका शौचालय सार्वजनिक प्रयोगमा
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको योजना सफल बनाउन नबिल बैंकले आफ्ना १८ शाखाका शौचालयहरु सार्वजनिक प्रयोगमा ल्याउन काठमाडौं महानगरपालिकासंग सम्झौता गरेको छ ।
महानगरमा सार्वजनिक शौचालयहरुको अभाव भएर अम नागरिकले भोगेका समस्या तत्काल समाधान गर्न शौचालय निर्माण हुन नसक्ने भएपछि होटल, रेष्टुरेन्ट, मल तथा बैंक र सरकारी कार्यालयहरुको शौचालयहरु प्रयोगमा ल्याउने योजना अनुसार नबिलले सम्झौता गरेको हो ।
आज महानगरप्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका प्रमुख कार्यकारी अधिकृत लोकनाथ पौडेल र नबिल बैंकको सिइओ अनिल केशरी शाहले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि शाहले आफूहरुले पेशा व्यवसाय गर्ने प्रमुख थलो महानगर नै भएकाले महानगरले अघिसारेका योजनाहरुमा साथ दिनु नागरिक दायित्व पनि भएकाले नागरिकको सुविधाका लागि महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्नसक्ने जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्